Thursday, December 17, 2020

मुरारी अर्यालको सम्झना




कोरोना संक्रमणका कारण केही दिनअघि निधन भएका मार्क्सवादी चिन्तक मुरारी अर्यालका जीवनवृत्त र उनले पुर्याएका योगदानलाई प्रगतिशील साहित्यकारहरुले स्मरण गरेका छन् । 

आज एक जुम मिटिङमार्फत भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनको सम्झना गरिएको हो ।

त्यस अवसरमा प्रगतिशील साहित्यकार निनु चापागाई, खगेन्द्र संग्रौला, आहुति, मेरि डेशन, देविका तिमिल्सिना, हरिगोविन्द लुइँटेल, यादव देवकोटा लगायका वक्ताहरुले नेपालको प्रगतिवादी आन्दोलन र प्रगतिशील साहित्यका विविध फाँटमा अर्यालले पुर्याएका योगदानहरुको चर्चा गर्दै उनको सम्झना गरेका हुन् ।

त्यसअवसरमा निनु चापागाईले निधन भइसकेका व्यक्तिलाई श्रद्धान्जली दिने सन्दर्भमा गम्भीर ढंगले पुनर्विचार गर्नुपर्ने बताएका थिए भने अर्का वक्ता आहुतिले पनि श्रद्धान्जली लिने मानिसको नै निधन भइसकेको अवस्थामा सम्झना उल्लेख गरिनु उपयुक्त हुने बताएका थिए ।

कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघका महासचिव समीर सिंह र संघका पूर्व अध्यक्ष मातृका पोखरेलले गरेका थिए ।

www.ratopati.com बाट साभार 

मंसिर १९, २०७७ मा प्रकाशित 

No comments:

Post a Comment